Logo
Logo

सत्यमोहनको स्वास्थ्य गम्भीर, आईसीयूमा सारियो


756
Shares

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य गम्भीर बनेको छ ।

स्वास्थ्यमा सुधार नभएपछि जोशीलाई आईसीयू कक्षमा सारिएको किष्ट मेडिकल कलेजले जनाएको छ । १०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या छ ।

उनलाई असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।

सुरुमा केही सुधार भएजस्तो देखिए पनि पछिल्ला ३/४ दिनयता खानामा पटक्कै रुचि नभएको र बोल्न पनि नसक्ने अवस्थामा रहेको अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनमा उल्लेख छ । उनमा युरिन इन्फेक्सन र छातीमा निमोनिया पनि देखिएको छ ।

किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीको निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । साथै घरमा रहेको बेलामा पनि नर्सिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्