काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैं–तिहारलाई गोल्डेन बनायो’ योजनाअन्तर्गत पहिलो महिनाको एक तोला सुन बिजेताको नाम घोषणा गरेको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनोट गर्दा कोरियाबाट रेमिटान्स पठाउने रीनाकुमारी तामाङले एक तोला सुन जित्न सफल भएकी छिन् ।

सोही योजनाअन्तर्गत भदौ १५ देखि असोज ११ गतेसम्म अन्य चार जनाले साप्ताहिक उपहार १०–१० तोला चाँदी जित्न सफल भइसकेका छन् । साउदी अरबबाट नरेश यादव, कुवेतबाट शम्भुबहादुर सार्र्की नेपाली, जापानबाट उज्ज्वल पुडासैनी र मलेशियाबाट रेमिटान्स पठाउने पुरण रोक्का गरी चार जनाले १०–१० तोला चाँदी जित्न सफल भइसकेका छन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६३ दिनसम्म चल्ने ‘बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको थियो । सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गर्ने जनाएको छ । यो कात्तिक १५ गतेसम्म लागू हुनेछ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधा प्रदान गर्दै आइरहेको छ ।












