Logo
Logo

न्यायाधीशलाई सन्दीपको प्रश्न- झुटो आरोपले मेरो करिअर सकियो, यसको उपचार के हुन्छ ?


19.3k
Shares

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताउँदै सुनियोजित रुपमा फसाएको दाबी गरेका छन् ।

लामिछानेका कानुनी सल्लाहकार सरोजकृष्ण घिमिरेले मुद्दाको छिटो टुंगो लागेर निर्दोष ठहरिए करिअरमा फर्किएर राष्ट्रका लागि खेल्ने भएकाले प्राथमिकतामा राखेर छिटो टुंगोमा पुर्‍याइदिन आग्रह गरेका थिए ।

त्यसक्रममा न्यायाधीश दण्डपाणि न्यौपानेले सन्दीपलाई पनि केही भन्नु छ भनेर सोधेका थिए । उनले न्यायाधीसमक्ष भने, ‘यो सम्पुर्ण प्रक्रियाबाट मेरो आत्मासम्मानमा चोट पुगेको छ। चरित्रहत्या गरिएको छ । ममाथि झुटा आरोप लगाइयो । यसको कुनै उपचार छ श्रीमान् ?’

जवाफमा न्यायाधीश न्यौपानेले भने, ‘तपाईले मुद्दाको सुनुवाइका क्रममा ती कुरा उठाउन सक्नुहुन्छ । आज त म्याद थपको विषय मात्रै हो ।’ उनी विरुद्ध पहिलो पटक जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको छ ।

प्रतिक्रिया दिनुहोस्