काठमाडौं । माछापुच्छ्रे बैंक २२औँ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ । २२ वर्षअघि पोखरामा क्षेत्रीय बैंकका रुपमा स्थापना भएको थियो ।

२२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको अवसरमा बैँकले एक कार्यक्रम गरी २० वर्षभन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीलाई सम्मान गरेको छ । उक्त कार्यक्रममा बोल्दै माछापुच्छ«े बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले २२ वर्षसम्मका यात्रालाई सफल बनाउन योगदान दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिँदै थप उत्कृष्ट सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी सञ्चालक समितिका सदस्य रोशन केसीले बैंकका संस्थापक अध्यक्ष स्व. सूर्यबहादुर केसीको योगदानलाई उच्च कदर गर्दै बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद प्रकट गरे । साथै कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य जयमुकुन्द खनाल र विश्वप्रकाश गौतमले आ–आफ्नो मन्तव्य राख्दै बैंकलाई आजको स्थानमा ल्याई पु¥याउन सहयोग गर्ने सम्पूर्ण निकाय, ग्राहक महानुभाव एवं शुभचिन्तकलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले सवल उत्कृष्ठ एंव विस्तारित भन्ने नाराका साथ बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जनालगायत सबै हिसाबमा अग्रणी स्थानमा रही समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापा, नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले आ–आफ्नो मन्तव्य राखेका थिए ।
साथै माछापुच्छ्रे बैंकले २२औँ वार्षिकोत्सवको अवसरमा विभिन्न क्यासब्याक तथा डिस्काउन्ट अफरहरु ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु –एमबिएल एम स्मार्ट, डेबिट तथा क्रेडिट कार्ड) बाट लिन सक्नेछन् ।
स्थापनाकाल देखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक १६५ वटा शाखालगायत १७४ शाखारहित बैंकिङ, १० वटा एक्सटेन्सन काउण्टर गरी जम्मा ३४९ स्थानवाट १६०० भन्दा बढी कर्मचारीमार्फत सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गर्नुका साथै बैंकको देशभर २०५ वटा एटीएमहरुमार्फत ग्राहक महानुभावलाई सेवा प्रदान गरिरहेको छ ।
२२ वर्षअघि क्षेत्रिय बैंकको रुपमा स्थापना भएको बैंकले यस अवधिमा विभिन्न आरोह अवरोह पार गर्दै बैंकले प्रदान गर्ने हरेक सेवा र सुविधामा आपूmलाई स्मार्ट बैंकको रुपमा परिचित गराएको छ । बैंकले २२औँ वार्षिकोत्सवको अवसरमा बैंकले आगामी दिनहरूमा ग्राहकको चाहनाअनुसार अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री सुविधामा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ ।












