काठमाडौं । पुर्वमाओवादी नेता एवम् एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले निर्वाचन लड्न अस्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन लड्न आग्रह गरे पनि बादलले अस्वीकार गरेका हुन् ।

एमालेले बादललाई काठमाडौं – १० को उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर बादल भने स्थानीयको समेत विरोध भएपछि निर्वाचन नलड्ने निर्णय लिएका हुन् ।
बादलले अस्वीकार गरेपछि ओलीले काठमाडौं-१० बाट हिमेश केसीले उम्मेदवारी दिएका छन् ।











