Logo
Logo

लक्ष्मण थारु र रेशम चौधरीको उम्मेदवारीविरुद्ध उजुरी


3.1k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका रेशमलाल चौधरी र लक्ष्मण थारुविरुद्ध उजुरी परेको छ ।

बर्दिया-२ बाट उम्मेदवारी दिएका रेशमलाल र कैलाली-५ बाट उम्मेदवारी दिएका लक्ष्मणविरुद्ध उजुरी परेको हो । रेशमको मनोनयनविरुद्ध माओवादी केन्द्र निकटका उम्मेदवारले उजुरी दिएको बताइएको छ ।

लक्ष्मणविरुद्ध स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले उजुरी दिएको एक एक नेताले जानकारी दिए । आइतबार उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध आज सोमबार १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकिएको थियो ।

टीकापुर घटना मुद्दामा जेल जीवन बिताइरहेका रेशमलाल र फरार सूचीमा रहेका लक्ष्मणले वारेस नाममार्फत उम्मेदवारी दिएका थिए । टीकापुर घटना सम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्