Logo
Logo

इटालीका राजदूतले भेटे पर्यटनमन्त्री


504
Shares

काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि इटालीका राजदुत भिन्सेन्जो डे लुकाले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको थियो । इटालियन सरकारले नेपालको विकासमा गर्दै आएको प्रत्यक्ष तथा परोक्ष सहयोगको स्मरण गर्दै पर्यटनमन्त्री श्रेष्ठले आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

२०७२ सालमा गएको भुकम्पबाट क्षति भएका ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनर्निमाणमा इटालियन सरकारबाट महत्वपुर्ण सहयोग प्राप्त भएको श्रेष्ठको भनाइ थियो । राजदुत लुकाले विश्वकै निधिका रूपमा रहेका नेपालका सम्पदाको संरक्षण, पुनर्निमाण तथा जीर्णोद्धारमा इटालियन सरकार सहयोग गर्न इच्छुक रहेको बताए ।

युरोपेली संस्कृति तथा सम्पदाको केन्द्रका रूपमा रहेको इटालीबाट नेपालले पुरातात्विक सम्पदाको व्यवस्थापन तथा संरक्षणबारे शिक्षा लिन चाहेको मन्त्री श्रेष्ठको भनाइ थियो । विश्व सम्पदा सूचीमा सूचीकृत २ सम्पदा जोड्ने गरी हनुमानढोका–स्वयम्भू सम्पदामार्ग निर्माण सुरु गरिएको जानकारी दिए ।

सम्पदामार्ग विश्व पर्यटनकै दुर्लब संयोग रहने र पर्यटन आकर्षणका लागि समेत महत्वपुर्ण हुने उनले बताए । राजदुत लुकाले इटालीले नेपालको पर्यटन विकासमा सहयोग गर्ने बताए । साथै उनले इटालीयन सरकारले आयोजना गर्ने रोम एक्स्पो–२०३० परियोजनाको तयारीबारे पनि जानकारी गराए ।

नेपाल र इटालीबीच सन् १९५९ मा कुटनीतिक सम्वन्ध स्थापित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्