Logo
Logo

राष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज


756
Shares

काठमाडौं । स्वास्थ्यमा समस्था देखिएपछि शनिबारदेखी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचाररत राष्ट्रपति विद्यादेवी भण्डारी डिस्चार्ज भएकी छन् ।

रुघाखोकी र ज्वरोका कारण अस्पताल भर्ना भएको ४ दिन पछि राष्ट्रपति भण्डारी डिस्चार्ज भएकी हुन् । उनको स्वास्थ्यमा क्रमिक सुधार भएपछि राष्ट्रपति भण्डारीलाई आज डिस्चार्ज गरिएको उपचारमा संलग्न डा. निरज बमले जानकारी दिए ।

गत शनिवार लगातार ज्वरो आउने, टाउको दुख्ने भएपछि राष्ट्रपति भण्डारी शिक्षण अस्पताल पुगेकी थिइन । परिक्षणको क्रममा उनलाई कोभिड- १९ पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्