Logo
Logo

प्रभु साहजस्ता ‘हरिया सर्प’ले एकदिन डस्छन् : विष्णु रिजाल


15.6k
Shares

काठमाडौं । एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई हरियो सर्पको संज्ञा दिएका छन् । एमालेले टिकट दिए पनि शाहले अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दिएपछि रिजालले यस्तो संज्ञा दिएका हुन् ।

नेता रिजालले साहले धोका दिए पनि मधेसमा एमालेका पक्षमा आएको जनलहरलाई रोक्न नसक्ने बताएका छन् । ‘आपराधिक विगत, अस्थिर चरित्र, चरम महत्वकांक्षा, जातीय संकीर्णता, संदिग्ध क्रियाकलाप र रिमोट कन्ट्रोलबाट चल्नुपर्ने बाध्यताका कारण प्रभु साहले एमालेलाई धोका दिए पनि मधेसमा एमालेका पक्षमा आएको जनलहरलाई त्यसले रोक्न सक्नै छैन’, उनले भनेका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘एउटा कुरामा हामी सबैले ध्यान दिनैपर्छ– प्रभु साह जस्ता हरिया सर्पहरुले एक न एक दिन डस्छन् । जसपासँग भएको सहमतिले हाम्रो विजयलाई थप फराकिलो बनाउनेछ । अध्यक्ष कमरेड केपी शर्मा ओलीले अघि सार्नुभएको ‘सुखी नेपालीः समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षालाई उहाँकै दृढ नेतृत्वमा सफल कार्यान्वयन गर्नका लागि २०७९ मंसिर ४ नेकपा (एमाले) का लागि मात्र होइन, यस राष्ट्रकै लागि निर्णायक दिन भएको कुरा हृदयंगम गर्दै जुटौँ । सफलता सुनिश्चित छ ।’

प्रतिक्रिया दिनुहोस्