Logo
Logo

हामीलाई टिकट नदिई कमल थापालाई दिनु अनैतिक : भीम रावल


21.2k
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीका मान्छेलाई टिकट नदिएर कमल थापालाई टिकट दिएर अनैतिकताको नमूना देखाएको बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता रावललाई टिकट नदिएपछि उनले यस्तो बताएका हुन् । नेता रावलले सर्वसम्मत रूपमा एकल सिफारिस हुँदा पनि केन्द्रले अन्ययपूर्ण किसिमले आफूलाई टिकट नदिएको तर अन्य व्यक्तिलाई टिकट दिएको गुनासो गर्दै एमालेमा के हुन लागेको भन्दै व्यंग्य गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्,‘अनैतिकताको नमूनाः कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर चिन्हमा लड्रने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसंग गर्ने १ नि. आ.ले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनु पर्ने । यस्तैलाई एमालेले बोक्ने! के हुन लाग्यो !’

प्रतिक्रिया दिनुहोस्