काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबार ३० अर्ब रुपैयाँ बजारमा पठाउँदै छ ।
बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि रिपोमार्फत प्रणालीमा पैसा पठाउने भएको हो । सात दिनका लागि पठाउन लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंकहरूले बोलकबोलमार्फत ब्याज निर्धारण गर्नेछन् ।
जसको बढी ब्याज हुनेछ उसैले पैसामा प्राथमिकता पाउनेछ । बैंकहरूले बुधबार १४ अर्ब १० करोड रुपैयाँ स्थायी तरलता सुविधा सापटी चलाएका छन् । बजारमा अहिले तरलता अभाव चर्किएको छ । एकातिर निक्षेप बढेको छैन ।
अर्कातिर सरकारले पुरानो ऋण भुक्तानी गर्नुको साटो नवीकरण गरिरहेको छ ।












