
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले आफूले अब १० वर्षपछि नयाँ मान्छेलाई ठाउँ दिने प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत १० वर्षपछि आफूले मोबाइल अफ गरेर आफ्नो बाटो लाग्ने बताएका छन् । उनी अहिले काठमाडौं ४ का उमेदवार पनि हुन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘त्यतिबेलासम्म यति खतरा नयाँ मान्छे आइसकेका हुन्छन् । हुनैपर्छ । उनीहरुले हामीले भन्दा राम्रो गर्नैपर्यो । हामीलाई भने बुढाहरुले रोकिरहेका छन् । गर्न दिएनन् तर हामीले हात उठाएर हिँडेका छैनौँ काम गरिरहेका छौँ ।’
आफूहरुलाई बुढाहरुले रोकिरहे पनि सक्दो काम गरिरहेको उनको भनाइ छ ।











