Logo
Logo

उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा


1.6k
Shares

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्ध परकोे रिटमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा परेको छ ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका गुरुङले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै निर्वाचन आयोगलगायतलाई विपक्षी बनाएर बिहीबार रिट दायर गरेका थिए । उक्त रिटको पेसी न्यायाधीश फुयाँलको इजलासमा तोकिएको हो ।

गुरुङले कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तर, आफू व्यक्तिगत रुपमा कालोसूचीमा परेको नभइ आफ्नो कम्पनीमात्रै कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको र उक्त निर्णय बदरका लागि अदालत पुगी मुद्दा विचाराधीन रहेको भन्दै निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङ सर्वोच्च गएका थिए ।

प्रतिक्रिया दिनुहोस्