Logo
Logo

बर्खास्तीमा परेका न्यायाधीश श्यामसुन्दर पुनर्बहालीको माग गर्दै सर्वोच्चमा


7.6k
Shares

काठमाडौं । बर्खास्तीमा परेका तत्कालीन जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारी पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।

न्याय परिषद्को सिफारिसमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनलाई बर्खास्त गरेका थिए । उनै न्यायाधीश अधिकारी शुक्रबार सर्वोच्च पुगेका हुन् । अधिकारीको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा परेको छ ।
गत भदौ १५ गते न्याय परिषद्को बैठकले बाँके जिल्लामा कार्यरत न्यायाधीश अधिकारीलाई बर्खास्तीका लागि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा कामु प्रधानन्यायाधीश कार्कीले अधिकारीलाई बर्खास्त गरेका थिए । भदौ १५ गते बर्खास्तीमा परेका अधिकारीले असोज २७ गते सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्