Logo
Logo

मधेश प्रदेशका तीन मन्त्री पदमुक्त


546
Shares

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट सरकारमा सहभागी तीन जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीहरुलाई बर्खास्त गरेपछि त्यसको काउन्टर गर्दै मुख्यमन्त्री राउतले मधेश सरकारको मन्त्रिपरिषदबाट कांग्रेसका ३ मन्त्रीहरुलाई आज बर्खास्त गरेका हुन् ।

कांग्रेसबाट मधेश प्रदेश सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गरिएको हो ।

मुख्यमन्त्री राउतले यसअघि फोन गरी राजीनामा दिन भनेका थिए । तर, राजीनामा नदिएपछि बर्खास्त गरिएको हो ।
कांग्रेसका ३ मन्त्री बर्खास्त गरेको पत्र राउतले प्रदेश प्रमुख कार्यालयमा पठाएका छन् । ती मन्त्रालयहरुको जिम्मेवारी अब मुख्यमन्त्री राउतले नै सम्हाल्ने भएका छन् ।

बिहीबार साँझ सत्ता गठबन्धन घटक दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरेपनि त्यसमा जसपाले पुनर्विचार गरी कांग्रेसका मात्र मन्त्री हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्