काठमाडौं । सरकारले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकललगायतको विलासिता सामग्री आयातको प्रतिबन्धलाई निरन्तरता दिने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती माथिको दबाव कायमै रहेको राय दिएपछि वाणिज्यले प्रतिबन्ध ६२ दिन थप गर्न सिफारिस गरेको हो ।

यससँगै विदेशी मदिरा, ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल र कार भ्यानको आयात गर्न २९ मंसिरसम्म प्रतिबन्ध हुनेछ । सरकारले यसबारे आजै निर्णय गर्ने र आजै रापत्रमा सूचना प्रकाशित गर्दैछ ।
सरकारले ढुकुटीमा विदेशी मुद्राको सञ्चिती कम भएको भन्दै गत वैशाखमा १० प्रकारका वस्तुमा असार मसान्तसम्म आयातमा प्रतिबन्ध लगाएको थियो ।
उक्त प्रतिबन्धलाई थप कडाइ गर्दै सरकारले ३१ असारमा प्रतिबन्ध लम्याएको थियो । १४ भदौमा कुरकुरे, हिरा लगायतका ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै गाडी, मोबाइल, मदिराको आयात प्रतिबन्धलाई यथावत राखेको थियो ।












