Logo
Logo

निर्वाचनको स्वच्छता भंग गर्न खोज्ने दुस्साहस दिवास्वप्न मात्र : प्रमुख आयुक्त 


2.3k
Shares

काठमाडौं । निर्वाचन आयोगले ऐन कानुन अनुसार नै आचारसंहिता अनुगमनका लागि छुट्टै संयन्त्र बनाएको दाबी गरको छ । 

शुक्रबार आयोगमा आगामी निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको कल सेन्टरको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको बनाएको अनुगमन संयन्त्रमाथि बिभिन्न प्रकारका टिकाटिप्पणी भइरहेको भन्दै कसैले रोइलो गर्दैमा आयोगको संवैधानिक र कानुनी अधिकारमा नियन्त्रण गर्ने कुरालाई स्वीकार नगर्ने स्पष्ट पारे । 

उनले अनुमानका विषयलाई लिएर आमसञ्चारमाध्यमको मर्म नबुझेको भन्दै आयोगको मर्यादामाथि प्रहार भएको जानकारी प्राप्त भएको बताए । आयोगले संविधानमा उल्लेख पूर्ण प्रेस स्वतन्त्रता विषय राम्ररी पढेको भन्दै आम सञ्चारमाध्यमलाई निगरानी गर्ने कुनै उद्देश्य नभएको उनले बताए । थपलियाले मर्यादित संस्थाहरूबाट नै आयोगलाई लाञ्छना लाउने काम हुनु गम्भीर विषय भएको बताए । 

उनले आयोगलाई साना विषयमा अल्झाएर कतै निर्वाचनको स्वच्छता भंग खोजेको सकिन्छ कि भन्ने दुस्साहस कसैले राखेको छ भने त्यो दिवास्वप्न मात्र भएको तर्क गरे । थपलियाले आम सञ्चारमाध्यमको प्रचलित कानुन बमोजिम अनुगमन गर्न र त्यसको जानकारी गराउन प्रेस काउन्सिललाई सुझाव दिए । 

आयोगले आन्तरिक प्रयोजकको निम्ति गठन गरेको टिमले कुनै सञ्चारमाध्यमलाई कारवाही गर्न परे काउन्सिललाई लेखी पठाउने उनले बताए । 

मतदाता शिक्षा तथा निर्वाचनसँग सम्बन्धित सरोकारवालाका प्रश्न तथा जिज्ञाशा लिई सम्बोधन गर्न स्थापित कल सेन्टरको स्थापना गरिएको आयोगले जनाएको छ । कल सेन्टर २४ घण्टा नै सञ्चालनमा रहने छ । 

यद्यपि तत्कालका लागि कर्मचारीहरू भने दैनिक बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म रहने आयोगको भनाइ छ । उनीहरु नभएको अवस्थामा सरोकारवालाको प्रश्न स्वत रेकर्ड हुने व्यवस्था गरिएको थपलियाले बताए । 
 

प्रतिक्रिया दिनुहोस्