Logo
Logo

टिभिएसले ग्राण्ड एक्सचेन्ज मेला आयोजना गर्दै


504
Shares

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्चेन्ज एण्ड फाइनान्स मेला’ नामका बेजोड एक्सचेन्ज मेलाको आयोजना गर्दैछ ।

यही ३१ असोजदेखि कातिक ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने यस भव्य मेलामा ग्राहकले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहार पाउनेछन् ।

यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको मोटरसाइकल र स्कुटर लिँदा बजार मुल्यमा भन्दा ७ हजार बढी, साथै नकिन्दै १ लाख र किन्दा १० लाखसम्मको नगद छुट पाउने भएका छन् ।

कम्पनीका अनुसार यो योजनामा आर्कषक फाइनान्स अफर पनि समावेश छ, जसअन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४,२७७ रुपैयाँको मासिक ईएमआईमा बाइक तथा स्कुटर लिन सकिन्छ । यसबाहेक ग्राहकले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार प्राप्त गर्न सक्नेछन् ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दूईपांग्रे सवारी साधनका लागि एकमात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

प्रतिक्रिया दिनुहोस्