Logo
Logo

१० हजार मिटर दौडमा सन्तोषीले जितिन् स्वर्ण


312
Shares

पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला १० हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छन् ।

सन्तोषीले आफ्नी प्रतिद्वन्द्वी नेपाल पुलिसकी राजपुरा पछाईलाई पछि पार्दै वृहत् राष्ट्रिय खेलकुदमा पहिलो पटक १० हजार मिटरमा स्वर्ण जितेकी हुन् । खुट्टामा चोट लागे पनि अन्तिम ल्यापमा राजपुरालाई पछि पार्दै सन्तोषीले ३६ मिनेट १२ः३६ सेकेन्डमा दौड पूरा गरेकी थिइन् ।

राजपुराले ३६ मिनेट २९.४५ सेकेन्डमा दौड पूरा गर्दै राजत हात पारिन् । एपिएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.२ सेकेन्डमा दौड पूरा गर्दै कास्य हात पारिन् ।

जितपछि आफूले घाइते खुट्टाले प्रतिस्पर्धा गरेको भन्दै राष्ट्रिय रेकर्ड बनाउन नसकेकोमा माफी मागिन् । सन्तोषी दक्षिण एसियाली खेलकुदमा नेपालका लागि स्वर्ण जित्ने कीर्तिमानी खेलाडी हुन् । उनले १३औं सागमा नेपालका लागि १० हजार मिटरमा स्वर्ण जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्