दमौली । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लवले दोहोरो जित हासिल गरेको छ ।

फुलकोर्ट र थ्री बाई थ्रीतर्फ त्रिभुवन आर्मी क्लबले एक/एक जीत दर्ता गराएको हो । फुलकोर्टतर्फ त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ६८–३० अंकले पराजित गरेको हो । त्रिभुवन आर्मी क्लबले पहिलो क्वाटरमा १७–५, दोस्रो क्वाटरमा १५३, तेस्रो क्वाटरमा २२–१० र चौथो क्वाटरमा १४–१२ अंक प्राप्त गरेको थियो ।
त्रिभुवन आर्मीको जीतमा प्रतिक्षा मगरले व्यक्तिगत सबैभन्दा बढी १५ अंक जोडेका थिए । सुदूरपश्चिम प्रदेशका लागि सञ्जुले व्यक्तिगत १६ अंक जोडेका थिए । थ्री बाई थ्रीतर्फ त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १४–७ ले पराजित ग¥यो । उक्त खेलमा त्रिभुवन आर्मी क्लबका जेनिशा श्रेष्ठले सबैभन्दा बढी आठ र लुम्बिनीका सृष्टि चौधरीले तीन अंक जोडेका थिए ।
आजै भएको फुलकोर्टतर्फ प्रदेश नं १ लाई पराजित गर्दै बागमती प्रदेशले विजय सुरुआत गरेको छ । बागमती प्रदेशले प्रदेश नं १ लाई ७५–२६ अंकको फराकिलो अन्तरले पराजित गरेको छ । खेलमा बागमतीका विनामणि योञ्जनले सबैभन्दा बढी १३ अङ्क जोड्नुभयो भने प्रदेश नं १ का शीतल तामाङले आठ अंकजोडे ।
थ्री बाई थ्रीतर्फ बागमती प्रदेशले मधेस प्रदेशलाई १४–२ ले पराजित ग¥यो । उक्त खेलमा बागमतीका आशा चौधरीले सबैभन्दा बढी आठ र मधेसका शवनम खातुनले एक अंक जोडेका थिए ।
थ्री बाई थ्रीतर्फ सुदूरपश्चिम र सशस्त्र प्रहरीको विभागीय टिम विजयी भएको छ । सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई ७–६ अंकले पराजित ग¥यो । उक्त खेलमा सुदूरपश्चिमका अशिका कुँवरले व्यक्तिगत चार अंक प्राप्त गरेका थिए । प्रदेश नम्बर १ का सम्झना राईले तीन अंक जोडेक अठिए ।
थ्री बाई थ्रीतर्फ सशस्त्र प्रहरीको विभागीय टिमले गण्डकी प्रदेशलाई ९–७ ले पराजित ग¥यो । सशस्त्रका छिरिङ चोकेले व्यक्तिगत चार अंक जोडेका थिए भने गण्डकीका स्मृति गुरुङले चार अंक जोडे ।











