
पर्वत । करातेको काता विधामा त्रिभुवन आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्वर्ण पदक जितेका छन् ।
कुश्माको बडागाउँस्थीत सेमी कभर्डहलमा जारी महिला काता समूहको फाइनलमा प्रदेश १ लाई आर्मीले पराजित गर्दै स्वर्ण पदक जितेको हो । वाग्मतीले रजत र नेपाल पुलिसले कास्य जिते ।
पुरुषतर्फ भएको एकल कातामा एपीएफ क्लबले वाग्मती प्रदेशलाई हराउँदै स्वर्ण पदक जितेको हो । एपीएफका तर्फबाट स्वर्णिम मानन्धरले वाग्मतीका रेहन जावेदलाई पराजित गर्दै स्वर्ण पदक दिलाउन सफल भए । वाग्मतीले रजतमा चित्त बुझाउँदा नेपाल पुलिसका महसुस तामाङ र प्रदेश १ का आशिष मगरले कांस्य पदक जिते ।
एकल कातामा भने नेपाल पुलिसकी चञ्चला कुँवरले आर्मीकी संगीता मगरलाई पराजित गर्दै स्वर्ण जितिन् । कर्णालीकी एलिसा रसकोटीमगर र सुदूरपश्चिम प्रदेशका वर्षा राउतले कांस्य पदक जिते । पर्वतमा करातेतर्फ महिला र पुरुषका काता र विभिन्न तौल समूह गरी जम्मा १९ वटा इभेन्टमा खेल हुनेछन् ।
ती इभेन्टमा ३२ स्वर्ण, ३२ रजत र ६४ वटा कांस्य पदक गरी कुल १ सय २८ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।











