Logo
Logo

नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाबीच मर्जरको सहमति


252
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक, कुमारी बैंकलगायत १० वटा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवद्र्धित नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाबीच संस्थालाई थप सबल, सक्षम र दिगोरुपमा अगाडि बढाउनका लागि दुवै संस्थालाई एकापसमा गाभ्ने÷गाभिने (मर्जर) का लागि दुवै संस्थाका सञ्चालक समितिका अध्यक्षद्वारा प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

आपसी समझदारीअनुसार समीट लघुवित्त वित्तीय संस्थाको मर्जर स्वाप रेसियो अनुपात रु. ८२ (अर्थात् समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० कित्ता शेयर बराबर नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८२ कित्ता) कायम हुने र मर्जरपश्चात संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष केशवप्रसाद आचार्य र प्रमुुख कार्यकारी अधिकृतमा रामबहादुर यादव रहने सहमति गरिएको छ ।

मर्जरपश्चात संस्थाको नाम नेशनल समिट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड हुने छ । त्यसैगरी संस्थाको चुक्तापूँजी रु १ अर्बभन्दा बढी कायम हुने, ग्राहक सदस्य संख्या २ लाखभन्दा बढी हुने, लगानीमा रहेको कर्जा रकम रु १७ अर्बभन्दा बढी हुने र संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशको ७४ जिल्लामा विस्तार भई कुल शाखा संख्या २०४ पुग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्