Logo
Logo

ओलीमा निरंकुश प्रवृत्ति देखियो : घनश्याम भुसाल


1.4k
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य टिकट नपाएपछि नेकपा एमाले छाडेका नेता घनश्याम भुसालले केपी शर्मा ओलीको व्यक्तिवादी प्रवृत्तिकै कारणले एमालेमा विचलन आएको बताएका छन् ।

रुपन्देहीमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले भने, ‘ओलीले पार्टीको नीति र सिद्धान्तभन्दा बाहिर गएर काम गर्नुभयो र संविधान र लोकतन्त्रमाथि प्रहार गर्नुभयो । ओलीमा निरंकुश प्रवृत्ति देखियो ।’

रुपन्देहीमा गठबन्धनको निर्वाचन सभामा सक्रिय भएर लागिरहेका नेता भुसाललाई सत्ता गठवन्धनको समर्थन छ । उनले आफ्नोे टिमले निर्वाचन जितिसकेका दाबी गरेका हुन् ।

नेता भुसाललाई पार्टी अध्यक्ष ओलीले अन्तिम समयमा टिकट नदिएपछि एमाले छाडेका हुन् । उनले आफूमाथि पार्टीले अन्याय गरेको भन्दै एमाले छाडेका हुन् । एमालेका अर्का नेता भीम रावलले पनि टिकट पाएनन् । तर उनी एमालेमै छन् ।

प्रतिक्रिया दिनुहोस्