Logo
Logo

ला लिगा : रियलसँग बार्सिलोना पराजित


756
Shares

काठमाडौं । स्पेनिस ला लिगाको यस सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ ।

गएराति भएको खेलमा रियलले बार्सिलोनालाई ३–१ गोल अन्तरले हराएको हो । रियलको जितमा करिम बेन्जिमा, फेडेरिको भालभर्डी र रोर्डिगोले गोल गरे ।

बार्सिलोनाका फेरान टोरेसले सान्त्वना गोल फर्काए । जितसँगै रियल बार्सिलोनासँग ३ अंकको अग्रता बनाउँदै शीर्ष स्थानमा पुगेको छ ।

बार्सिलोना २२ अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्