Logo
Logo

मुक्तिनाथकाे साधारणसभा सम्पन्न


1.1k
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाले अध्यक्षले प्रस्तुत गरेको २०७८/०७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ । वासलात, नाफा नोक्सान हिसाब, उपर छलफल तथा आगामी आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरेको छ ।

विशेष प्रस्तावमार्फत ५५.५५% हकप्रद शेयर निष्कासन, कम्पनीको चुक्ता तथा जारी पुँजी क्रमशः ५६ करोड र ७० करोड पुर्याउने प्रस्ताव पारित गरेको छ । साथै कम्पनीको प्रबन्ध पत्र तथा नियमावली उपर संशोधन प्रस्ताव समेत पारित गरेको छ ।

कार्यकारी अध्यक्ष भरतराज ढकालले कम्पनीको प्रगति विवरणसँगै भावी कार्ययोजना प्रस्तुत गरेका थिए । साथै आगामी वर्षमा आफ्ना शेयर धनीलाई प्रतिफल दिने गरी अगाडी बढिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्