Logo
Logo

मोरङमा शेखरले भने- शेरबहादुर र म मिलिसक्यौं


2.3k
Shares

मोरङ । कांग्रेस नेता शेखर कोइरालाले महाधिवेशन र स्थानीय निर्वाचनका तुष त्याग्न आग्रह गरेका छन् ।

गुटको झगडामा नलाग्न नेता तथा कार्यकर्तालाई अनुरोध गरेका हुन् । केन्द्रमा सभापति शेरबहादुर देउवा र आफू मिलिसकेकाले नेता तथा कार्यकर्ता पनि एक हुनुपर्ने उनको भनाइ थियो ।

‘स्थानीय चुनावमा के भयो, महाधिवेशनमा के भयो । त्यो तुषलाई सबैले त्यागाैं । मैले त त्यागिसकेँ, तपाईंहरूले किन नत्याग्ने मैले बुझेको छैन,’ मोरङको सुन्दरहरैचा–५ मा भएको कार्यक्रममा कोइरालाले भने ।

महाधिवेशनका बेला देउवासँग गरिएको लडाइँ सकिइसकेको पनि उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्