Logo
Logo

काँग्रेसले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै


441
Shares

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै छ ।

काँग्रेस प्रवक्ता प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन र पार्टीको गतिविधि सम्बन्धि पछिल्लो जानकारी दिन पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलनमा आगामी निर्वाचनका लागि घोषणा पत्रको बारेमा जानकारी गराइनेछ।

काँग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९, केन्द्रीय प्रचार प्रसार समितिका संयोजकसमेत रहेका प्रवक्ता महतले मंसिर ४ गते हुने आम निर्वाचनका लागि पार्टीको योजना र रणनितिबारे जानकारी दिने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि चार वटा अन्य दलहरुसंग तालमेल गरेको छ । चुनावी भागबण्डामार्फत सिट बाँडफाँट गरी उम्मेदवारी दर्ता गराए पनि केही क्षेत्रमा गठबन्धन विरुद्ध बागी उम्मेदवारी परेको छ । उक्त उम्मेदवारी फिर्ता लिन पार्टीले निर्देशन दिएपनि कतिपयले फिर्ता लिएका छैनन् ।

बागी उम्मेदवारको विषयमा कसरी अघि बड्ने भन्ने बारे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज गठबन्धनको बैठक बस्दै छ । कांग्रेसले यसअघि बागी उम्मदवारी फिर्ता नलिनेलाई पार्टीले कारर्बाही गर्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्