काठमाडौं । विश्व लगानीकर्ता सप्ताह– २०२२ को अवसरमा विविध लगानीकर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभु क्यापिटल लिमिटेडले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यहरुका लागि शेयर बजारसम्बन्धी बेसिक, फन्डामेन्टल एण्ड टेक्निकल एनालाइसिस अफ सेक्युरिटी मार्केट विषयमा १ दिने प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ ।

कार्यक्रम राजधानी मोडेल कलेज पुरानो बानेश्वरमा यही २०७९ असोज ३० गते आइतबार सम्पन्न भएको हो । रोटर्याक्ट क्लब अफ पाटन वेस्टका करिब २० जना सदस्यहरुको सहभागिता भएको उक्त तालिम कार्यक्रममा प्रशिक्षण दिने कार्य प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए भने कार्यक्रमका उद्देश्य तथा महत्वबारे सञ्चालन विभाग प्रमुख श्रीमती वसन्ता उपाध्यायले प्रकाश पारेका थिए ।
प्रशिक्षणमा शेयर बजार तथा प्राथमिक तथा दोश्रो बजारसम्बन्धी आधारभूत कुराहरु, शेयर बजारमा दिर्घकालीन लगानी गर्दा पाइने प्रतिफल, आधारभूत तथा प्राविधिक विश्लेषण तथा पोर्टफोलियो व्यवस्थापन तथा लगानीमा हुने जोखिम व्यवस्थापनसम्बन्धी विषया समेटिएको थियो ।
प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा शेयर तथा पूँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । रोटर्याक्ट क्लब अफ पाटन वेस्ट सन् २००० मा स्थापना १८–३० वर्ष युवाले सञ्चालन गर्ने गैरलाभकारी, गैरराजनीतिक संस्था क्लब हो । यो क्लबको मुख्य उद्देश्य सेवामार्फत नेतृत्व, व्यावसायिक विकास र फेलोशिप प्रवद्र्धन गर्नु हो, जसमा क्लबका स्वेच्छिक सदस्यले उनीहरूद्वारा प्रस्तावित र सञ्चालन गरिएका कार्यक्रमहरू र परियोजनाहरूमा काम गर्छन् ।












