Logo
Logo

सुदूरपश्चिमले जित्यो अमेरिकाको भलिबल



न्यूयोर्क । अमेरिकाको ओहायो राज्यमा सम्पन्न नेपाली भाषीको सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा ‘इन्ट्रा कप’ भलिबलमा सुदूरपश्चिम नेपाली समाज, टेक्सासको टिम पुरुषतर्फ प्रथम भएको छ ।

अमेरिकी समयानुसार आइतबार साँझ (नेपालको समयानुसार आज बिहान) सम्पन्न भएको फाइनल खेलमा सुदूरपश्चिमले पेन्सिलभेनिया राज्यको नेपाली भाषी टिम योङ ब्लडलाई पराजित गरेको थियो । पाँच सेटको निर्धारित खेलमा तीन–एक को सेटमा सुदूरपश्चिम समाज विजयी भएको थियो ।

सो टिमको नेतृत्व नेपालको राष्ट्रिय भलिबल टिमका क्याप्टेन भइसकेका कैलाश भट्टले गरेका थिए । प्रथम हुने सुदूरपश्चिम टिमले आठ हजार पाँच सय अमेरिकी डलर पुरस्कार जितेको छ भने दोस्रो हुने योङ ब्लड टिमले छ हजार पाँच सय डलर पुरस्कार पाएको छ ।

यसैगरी महिलातर्फ आठ टिम सहभागी भएकामा बी वाइएससी, मिनिसोटाले फाइनलमा जीत हात पारेको छ । सो टिमले फ्रेन्डसिप क्लब कोलम्बसलाई लगातार तीन सेटमा पराजित गरेको थियो । विजयी टिमले तीन हजार पाँच सय अमेरिकी डलर पुरस्कार जितेको छ । दोस्रो हुने फ्रेन्डसिप क्लबले दुई हजार पाँच सय र तेस्रो हुने सर्भाभर क्लबले एक हजार डलर पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा मोष्ट भ्यालुएबल प्लेयरको उपाधि सुदूरपश्चिमका भट्टले नै जितेको थियो भने महिलातर्फ कोलम्बसकी भीमा मैनालीले जिते ।

प्रतिक्रिया दिनुहोस्