Logo
Logo

दर्ता गरेर मात्र व्यावसाय चलाउनु : महानगर


378
Shares

काठमाडाैं । काठमाडौं महानगरपालिका राजस्व विभागले व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।

संघ सरकार र प्रदेश सरकारबाट इजाजत लिएकालाई पनि नजिकको वडा कार्यालयमा दर्ता गर्न अनुरोध गरेको छ । विभागले मंगलबार सूचना प्रकाशन गर्दै कतिपय व्यवसायीले दर्ता नै नगरि सञ्चालन गरेको पाइएको जनाएको छ ।

३० दिनभित्र वडा कार्यालयमा व्यवसाय दर्ता गर्न समय दिएको छ । त्यसपछि दर्ता नगरि व्यवसाय गरेको पाइए कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

दर्ता नगरि व्यापार व्यवसाय गरेमा काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमअनुसार जरिबाना असुल गर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्