आस्थाका आधारमा कर्मचारी सरुवाको सांसदहरुद्वारा आपत्ति « Drishti News – Nepalese News Portal
Logo

आस्थाका आधारमा कर्मचारी सरुवाको सांसदहरुद्वारा आपत्ति


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ भदौं । सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको बिहीबारको बैठकको सांसदहरुले सरकारले मनपरी ढंगले कर्मचारी सरुवा गरेको भन्दै आपत्ति जनाएका हुन् । सांसद विन्दादेवी आले रानाले सरकारले कार्यसम्पादनभन्दा पनि पार्टीगत विचारका आधारमा कर्मचारी बढुवा र सरुवा गरेको भन्दै त्यसबारे सरकारको जवाफ मागिन् ।
सांसद राधेश्याम अधिकारीले करीब एक महीनाअगाडि एक वर्षका लागि प्रधानमन्त्रीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवहरुसँग कार्यसम्पादन सम्झौता गरेको मसी पनि सुक्न नपाउँदै १६ जना सचिवको सरुवा गरिएकामा विरोध गरे ।
उनले भने, ‘एक महीना नहुँदै १६ जना सचिवको यसैबीचमा सरुवा भएको सुन्नका आएको छ, यतिबेला एउटा प्रश्न उठेको छ, एक वर्षमा गर्नुपर्ने काम ती सचिवहरुले एक महीनामै सकेका हुन् वा एक महीनाभित्रै आफू असक्षम भएको प्रमाणित गरेका हुन् वा सम्बन्धित मन्त्रीको रोजाइमा ती सचिवहरु परेनन् वा कार्यसम्पादन सम्झौता आफँैमा मजाक थियो ।’
स्थायी सरकारका रुपमा रहेको प्रशासन संयन्त्रलाई अस्थिर बनाउँदा सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन लगायतका कार्यक्रममा नकारात्मक असर पर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्