Logo
Logo

राष्ट्रपति भण्डारी र जयशंकरबीच भेटवार्ता


- दृष्टि न्युज/संवाददाता

0
Shares

 

काठमाडौं, ५ भदौ । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । बिहीबार बिहान पशुपतिनाथको दर्शनपछि जयशंकर राष्ट्रपति भण्डारीसँग भेट्न शीतलनिवास पुगेका थिए ।
नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार अपरान्ह नेपाल आइपुगेका जउश)करले हिजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । त्यस्तै बुधबार साँझ नै उनले राजपाका शीर्ष नेतासँग दुई घण्टा भेट गरेका थिए ।
विदेशमन्त्री जउशंकरले आज पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम तय भएको जनाइएको छ । उनी आजै भारत फकँदैछन् ।

प्रतिक्रिया दिनुहोस्