Logo
Logo

लिटिल फ्लावर्सलाई ‘अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ भदौ । ललितपुरस्थित लिटिल फ्लावर्स पब्लिक स्कुलले ‘अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार–२०१९’ प्राप्त गरेको छ । उक्त पब्लिक स्कुललाई ब्रिटिस काउन्सिल नेपालद्वारा आयोजित कनेक्टिङ क्लासरुमअन्तर्गत ‘अन्तराष्ट्रिय विद्यालय पुरस्कार’ पाउन सफल भएको हो ।
राजधानीको पाँच तारे होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा ललितपुरको शंखमूलस्थित वडा नं–११ मा रहेको लिटिल फ्लावर्स पब्लिक स्कुललाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।
उक्त विद्यालयले शहरी क्षेत्रमा कौसी खेती नामक परियोजनामा उत्कृष्ट विद्यालय परियोजना पुरस्कार समेत हासिल गरेको थियो । अन्तर्राष्ट्रिय स्कुल पुरस्कार पाएपछि स्कुलका प्रिन्सिपल विकेश महर्जन र भ्वाइस प्रिन्सिपल दीलपकुमार श्रेष्ठले खुसी व्यक्त गर्दै अझ स्कुललाई स्तरिय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्