Logo
Logo

बिओके क्यापिटल मार्केटको सातौं वार्षिक साधारणसभा


504
Shares

काठमाडौं । बैंक अफ काठमाण्डूको सहायक कम्पनी बिओके क्यापिटल मार्केटको साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा यही कात्तिक ४ गते बसेको सातौँ वार्षिक साधारणसभाले आव २०७८÷७९ को वित्तीय विवरण परित गर्नुका साथै आव २०७८÷७९ मा सञ्चिंत मुनाफाबाट ५.७९ प्रतिशत लाभांश (करसमेत) वितरण गर्ने निर्णय अनुमोदन गरेको छ ।

साथै ०७९÷८० को बाह्य लेखापरिक्षक नियुक्त गर्ने निर्णयसमेत गरेको छ । क्यापिटलले विगत सात वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । यस कम्पनीले समीक्षा अवधिमा ६ वटा कम्पनीको प्राथमिक शेयर तथा हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धसम्बन्धी कार्य गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । ११ वटा कम्पनीको शेयर रजिष्ट्रारसम्बन्धी काम गरिरहेको कम्पनीले हालसम्म जम्मा ८५,६८९ हितग्राही खाता खोलिसकेको छ । लगानी व्यवस्थापन सेवाअन्र्तगत ९८ जनाको १७ करोड बराबरको लगानी व्यवस्थापन गरिएको छ ।

मूल्य अभिवृद्धि र बढ्दो व्याजदरले शेयर बजारमा समेत ४० प्रतिशत भन्दा बढी गिरावट आएकोे यस्तो कठिन अवस्थामा पनि कम्पनीले सुझबुझका साथ कार्यसम्पादन गरी सातौ वार्षिक साधारणसभाबाट प्रस्तावित ५.७९ प्रतिशत नगद लाभांश पारित गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्