Logo
Logo

यसरी गाइयो ‘प्रेमगीत–३’को शीर्ष गीत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ भदौं । नेपाली फिल्म ‘प्रेमगीत’को तेस्रो सिक्वेल ‘प्रेमगीत–३’को शीर्ष गीतका लागि ८० जना कलाकार जुटेका छन् । ‘प्रेमगीत–३’को शिर्ष गीतलाई रेडियो नेपालको ठूलो रेकर्डिङ हलमा ८० जनाभन्दा बढी बाद्यबाधक, कलाकारको सहभागितामा रेकर्डिङ गरिएको निर्माता तथा निर्देशक सन्तोष सेनले बताए ।
निर्माता सेनका अनुसार रेकर्डिङको सामूहिक आवाजका लागि कलाकारहरु शिव श्रेष्ठ, प्रदीप खड्का, क्रिस्टिना गुरुङ, निर्देशक छेतेन गुरुङ र सन्तोष सेनलगायतका कलाकार रेडियो नेपाल पुगेका थिए ।
आकेष्ट्रासहित बाद्यबाधकको संलग्नतामा रेकर्डिङ गरिएको गीतलाई प्रताप दास र प्रविशा अधिकारीले आवाज दिएका छन् । राजेश कुमारको शब्दमा गीतलाई एलिश कार्कीले संगीत संयोजन गरेका हुन् ।
दशैँलगत्तै छायाँकनमा जाने भनिएको ‘प्रेमगीत–३’मा शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खडका, कृष्टिना गुरुङ, सन्तोष सेन, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, माओत्से गुरुङ, लक्ष्मी बर्देवालगायतका कलाकारहरुको भूमिका रहने भएको छ ।
यस फिल्मलाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् । फिल्मको कथा निर्देशक गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । ‘प्रेमगीत–३’ आगमी नयाँ वर्षको अवसरमा २८ चैतमा दर्शकमाझ रिलिजमा गर्ने निर्माणपक्षको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्