Logo
Logo

जी७ बैठक : अमेरिका–बेलायत व्यापार सम्झौता हुँदै


- दृष्टि न्युज/संवाददाता


बियारिज, ८ जेठ (एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतसँग व्यापार सम्झौता जतिसक्दो चाँडो गरिने बताएका छन् ।
फ्रान्सको बियारिजमा जी७ को बैठककै क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको वार्तापछि राष्ट्रपति ट्रम्पले भने, ‘दुबै मुलुकबीच ठूलै व्यापार सम्झौता हुँदैछ, र यो विगतको भन्दा पक्कै ठूलो हुनेछ ।’
प्रधानमन्त्री जोन्सनले राष्ट्रिय स्वास्थ्य सेवाको विषयले वार्तामा प्रवेश नपाएको बताए । दुबै मुलुकबीचको व्यापार सम्झौता कहिले हुने सम्भावना छ भनी सोधिएको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, ‘जतिसक्दो चाँडो हुन्छ । हामीले कुनै समस्या देखेका छैनौँ ।’
जोन्सनले युरोपेली संघको स्वतन्त्र व्यापार क्षेत्रबाट अलग्गिने प्रक्रियालाई तिब्रता दिनुका साथै संयुक्तराज्य अमेरिकासँग व्यापार सम्झौता गर्न अग्रसर भएका छन् ।

प्रतिक्रिया दिनुहोस्