Logo
Logo

एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ । आज (सोमबार) मिन भवनस्थित पार्टी कार्यालयमा भएको एक कार्यक्रमबीच पार्टीका महाशचिव वेदुराम भुसालले अहिलेको निर्वाचन प्रणाली सुधार गर्ने प्रस्ताव सहित घोषणापत्र सार्वजनिक गरेको हो ।

‘हामी यस निर्वाचन प्रणालीलाई सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ । यसै पटक पनि हाम्रो पार्टीले कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छ र हाम्रा उम्मेदवारहरूले पनि कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छन्,’ मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सोमबार सार्वजनिक गरिएको घोषणापत्रमा सो कुरा उल्लेख छ ।

नेकपा एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीले सुशासन र पारदशीताको लागि घरदैलोमै प्रभावकारी सेवा दिनुपर्ने बताएको छ । ‘भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन, पूर्ण पारदर्शिता, शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप राज्यका सबै अंगहरूको कार्य सम्पादन गर्नुपर्छ,’ घोषणापत्रमा भनिएको छ ।

यस्ताे छ पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्