Logo
Logo

लुकामारी खेल्दै नगरकोटमा ‘साल्मारी मैच्याङ’ (फोटो फिचरसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ भदौं । चारतिर सिमसिमे पानी परिरहँदा आइतबार नगरकोट डाँडामा भने कहिले घाम त कहिले बादलसँग लुकामारी खेल्दैथियो । जहाँ घन्किँदै थियो, सेलोपप ‘सोल्मारी हैन देखेर मैच्याङ’ । शेखर च्यान लामाको स्वरमा रहेको ‘सोल्मारी हैन’मा कम्मर मर्काउँदै थिए, गुरुङ चलचित्रका नायक आनन्द गुरुङ र हिस्सी लामा ।


प्रशंग म्युजिक भिडियो छायाँकनको हो । जसका लागि एक्सन–कट र क्यामेरामा रोलिङमा व्यस्त थिए निर्देशक तथा फोटो पत्रकार नबिनबाबु गुरुङ । ‘सोल्मारी हैन देखेर मैच्याङ’ गीतको उक्त भडियोमा निर्देशक नबिनले गुरुङ र तामाङ संस्कृति एवं संस्कारलाई उन्ने प्रयास गरेको जानकारी दिए । त्यसैले सेलो पपमा तामाङ समुदायबाट केटी र गुरुङ केटालाई म्युजिक भिडियोमा उतारेको उनको भनाइ छ ।
उक्त भिडियोका लागि कोरियोग्राफी जस्मिन मगरले गरेकी छन् । ‘घमाइलो बातावरणमा रमाइलो काम भइरहेको छ’ कलाकारलाई कम्मर मर्काउन सिकाउँदै गरेकी जस्मिनले भनिन्, ‘मिठो गीतमा गुरुङ र तामाङ संस्कृतिलाई एकैपटक देखाउने काम गर्दैछु ।’


भिडियोका मोडल तथा नायक आनन्द गुरुङले पनि सुन्दर ठाउँमा सुन्दरकथाको पात्र बनेर अभिनय गर्न पाउँदा खुशी ब्यक्त गरे । उनले भने, ‘सक्दो मेहनत गरेर राम्रो प्रस्तुति दिने प्रयास गरेको छु ।’ म्युजिक भिडियोलाई छिट्टै सम्पादन कक्षमा पठाइने भन्दै यथाशिघ्र सार्वजानिक गर्ने लक्ष्य रहेको निर्देशक तथा छायाँकार नबिनबाबु गुरुङले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्