Logo
Logo

८५ प्रतिशत फर्म कारबाहीमा


441
Shares

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुुगमन गर्दा झन्डै ८५ प्रतिशत व्यापारिक फर्म/पसल जरिवाना वा कारबाहीमा पर्ने गरेका छन् ।

विभागले साउनदेखि कात्तिक ६ सम्म ३ सय ९२ वटा अनुगमन टोलीले १ हजार ४ सय २६ फर्मको थियो । सो क्रममा १ हजार २ सयभन्दा बढी फर्म कुनै न कुनै जरिवाना वा कारबाहीमा परेका हुन् । विभागका अनुसार सो अवधिमा ३ सय १६ वटा फर्म जरिवानामा परेका छन् । ३ सय ५० वटा फर्ममा म्याद नाघेका सामान फेला परेका छन् ।

यस्तै विभागले साढे ५ सय व्यवसायी फर्मलाई सुधार र कागजात पेस गर्न निर्देशन दिएको छ । विभागले गएको भदौदेखि नै चाडपर्व लक्षित अनुगमन गर्दै आएको थियो । विभागका निर्देशक होमनाथ भट्टराईले जनैपूर्णिमा र तीज तथा असोज २ गतेदेखि दशैँ–तिहार, छठलगायतलाई लक्षित गरेर बजार अनुगमन गरेको जानकारी दिए ।

यस अवधिमा विभागले अनुचित क्रियाकलाप गर्ने ३ सय १६ वटा फर्मलाई जरिवाना गरेर ५१ लाख १ हजार रुपियाँ असुली गरेको छ । सो अवधिमा ३० लाख रुपियाँ बराबरका सामान नष्ट गरिएको छ ।

म्याद नाघेका, गुणस्तरहीन सामान नष्ट गरिनुका साथै उत्पादक तथा व्यापारी फर्मलाई कारबाही गरिएको विभागका निर्देशक होमनाथ भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्