काठमाडौं । वैदेशिक रोजगार विभागले मागपत्र र पूर्व स्वीकृति विनै कामदारलाई टर्की पठाउन खाेज्ने मास्टर जब प्रालिमा छापा मारेको छ ।

छापा मारेर महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको विभागका निर्देशक कुष्णप्रसाद भुसालले जानकारी दिए । टर्कीका विभिन्न कम्पनीमा हेभि ड्राइभर काममा पठाउन भनी कामदार छनौटको अन्तर्वार्ता/ट्रायल भइरहेको भन्ने सूचना विभागसम्म पुगेको थियो ।
सूचना प्राप्त हुनासाथ सोमबार विभागको टोली अन्तर्वार्ता/ट्रायल लिइरहेको अवस्थामा पुगेको थियो ।छापा मार्ने क्रममा ३० जनासँग अन्तर्वार्ता लिइरहेको थियो ।
कम्पनीले कामदार मागपत्र प्रमाणीकरण नगरि टर्की पठाउने भनेर युवासँग अन्तर्वार्ता लिइरहेको पाइएको निर्देशक भुसालले बताए ।












