Logo
Logo

बिओकेको २५ प्रतिशतसम्मको नगदफिर्ता योजना


441
Shares

काठमाडौं । बैंक अफ काठमाण्डूले नेपालीहरुको महान चाड दशैं, तिहार, नेपाल संवत् ११४३ तथा छठमा आफ्ना ग्राहक महानुभावलाई आवश्यक सरसामान खरिद गर्दा सुविधा होस् भन्ने हेतुले २५ प्रतिशतसम्मको क्यासब्याक योजना ल्याएकामा यसै अनुरुप चाडपर्वमा मात्र होइन चाडपर्वपश्चात् पनि ग्राहकलाई मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबारमा २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ ।

यस योजनाअन्तर्गत बैंकको मोबाईल बैंकिङमार्फत प्रथमपटक क्युआर स्क्यान गरी कारोबार गर्ने ग्राहकले नगद फिर्ता योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा रु १५० सम्मको नगद फिर्ता पाउनेछन् । नगदफिर्ता योजना २०७९ कात्तिक १५ गते मंगलबारबाट २०७९ कात्तिक ३० गतेसम्म मात्र रहने भएकाले आजै नगदफिर्ता योजनाको फाइदा लिनहुन बैंक सम्पूर्णमा अनुरोध गरेको छ । बैंकले विद्युतीय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने उद्देश्यले चाडपर्वहरुमा मात्र नभई बैंकले चाडपर्वपश्चात् पनि २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको हो ।

बैंकले विभिन्न ईकमर्स प्लेटफर्म, विभिन्न होटल, रेस्टुरेन्ट, फिटनेस सेन्टर, स्टोर, अस्पताल, स्वास्थ्य क्लिनिक, इन्स्टिच्युटमा छुट प्रदान गरिरहेको र भविष्यमा पनि विभिन्न नगदफिर्ता तथा छुटको योजना ल्याई ग्राहक महानुभावलाई लाभान्वित बनाउन प्रतिबद्ध रहेको जनाएको छ । हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्