Logo
Logo

यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठ)



काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार दरबारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतिमा एक कार्यक्रमबीच उक्त घोषणा पत्र सार्वजनिक गरेको हो ।

एमालेले घोषणापत्र सार्वजनिक गर्दा प्रविधिमा जोड दिएको छ । डिजिटल अनावरणसँगै सूर्य चिन्हमा किन मतदान गर्ने किन नगर्ने भन्ने प्रश्नको जवाफसहित एमाले सरकारका उपलब्धिको श्रव्यदृष्य सार्वजनिक गरिएको छ ।

आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातको पञ्जा ‘स्क्यान’ गरेर घोषणापत्र सार्वजनिक गरिएको थियो । त्यसक्रममा घोषणापत्रको विशेषता सार्वजनिक गरिएको थियो ।

कार्यक्रमस्थलमा प्रस्तुत भिडिओअनुसार एमालेको घोषणापत्रमा २० हजार शब्द छन् । त्यसमा मुख्य दुई प्रश्न सोधिएको छ। पहिलो, सूर्य चिह्नमा मतदान किन गर्ने ? दोस्रो, सूर्य चिन्हबाहेक अन्यत्र किन मतदान नगर्ने ?

पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्