Logo
Logo

रवि ५ लाख धरौटीमा रिहा, अस्मितालाई साधारण तारिख


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, ९ भदौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सरकारी वकिलको तर्फबाट गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।
गत २० साउनमा चितवनको कंगारु होटलमा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित पत्रकार युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण मर्न बाध्य भएको बताएका थिए । त्यसपछि उनीहरु ३० साउनमा काठमाडौंबाट पक्राउ परेका थिए ।
यस्तै पत्रकार कँडेल ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनको म्याद थपेर अनुसन्धान गरेको थियो । प्रहरी अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयलाई पेश गरेको फाइलको आधारमा जिल्ला अदालत चितवनमा अभियोगपत्र दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्