
काठमाडौं । आज मुलुकका केही पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी वायुको सामान्य प्रभाव छ ।
जसकारण दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।
शुक्रबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको हुनसक्ने ठानिएको छ । राति पहाडी भूभागमा आंशिक बदली रहने देखिएको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।












