Logo
Logo

अख्तियारको नक्कली एसपी भन्दै २४ बर्षदेखि निरन्तर असुली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । चौबीस बर्षदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी अधिकृत हुँ भनी जनसम्पर्क हुने काठमाडौं उपत्यकाका मालपोत र नापी कार्यालयमा दैनिक घुस असुली गर्ने एक नटवरलाल गएको साउन १ मा पक्राउ परे ।

नारायणसिंह बराल

ललितपुरको लगनखेलस्थित नापी कार्यालयमा अख्तियारको एसपी हुँ भनी घुस संकलन गरिरहेको अवस्थामा उन िपक्राउ परेका थिए । उनले अख्तियारमा कार्यरत नेपाल प्रहरीको असई बनी मालपोत र नापी कार्यालयका कर्मचारीहरुबाट घुस लिने क्रम २०५२ बाट सुरु गरेको खुल्नमा आएको छ । सिन्धुली साविक सिद्धेश्वर गाविस(हाल कमलामाई नगरपालिका ६) का रत्नबहादुर बरालका छोरा नारायणसिंंह बरालले नक्कली असई बन्नुअघि नापी कार्यालयको ज्यालादारी चेनम्यानका रुपमा केही महिना काम गरेका थिए ।

नक्कली असईबाट सुरु भएको उनको ठगीयात्रासँगै केही बर्षपछि उनले आफूलाई सई बढुवा भएको भनी निरन्तरता दिए । सईपछि इन्स्पेक्टर बढुवा भएको भनी उनले ठगीको शृंखला जारी राखे । इन्स्पेक्टरबाट डीएसपी भएको भनी नापी र मालपोत कार्यालयका कर्मचारीहरुसँग फाँटफाँटमा गएर उनले पैसा माग्दै आए । कर्मचारीले अख्तियारकै डीएसपी होला भनी दैनिक दिंदै गए ।२ बर्षदेखि उनी एसपी बढुवा भएको भने तर ठगीलाई निरन्तरता दिइरहे । १ नम्बरमा एसपी बढुवा भएको उनको कुरा मालपोत र नापी कार्यालयका प्रमुखहरुले समेत सहजै विश्वास गर्दैआए । एसपी बढुवामा त्यस्तो नाम भए नभएको कसैले पुष्टी गर्नेतिर लागेन । बरालको ठगीधन्दा जारी रह्यो । उनी बिहान कार्यालय खुल्नासाथ ११ बजे भक्तपुर मालपोत कार्यालयका कर्मचारीहरुबाट घुस लिएर चावहिल, डिल्लीबजार कलंकी हुँदै अपराह्न साढे ४ बजे ललितपुर मालपोत र नापी कार्यालयमा पुग्थे । मनमैजु, टोखा, साँखु मालपोत कार्यालयमा पनि उनी प्रायः पुग्ने गरेको कर्मचारी स्रोत बताउँछ । उनले दैनिक २५ हजार न्यूनतम घुस रकम असुली गर्दैअएका थिए ।

२४ बर्षदेखिको उनको यो ठगीयात्रामा कहिल्यै पनि बिराम लागेन । तर ललितपुर नापी कार्यालयको प्रमुखमा सरुवा भएका प्रमुख नापी अधिकृत नारायण रेग्मीले अख्तियारको एसपी यसरी घुमुवाको जस्तो घुस असुलीमा त हिंड्नु नपर्ने भनी शंका गरे । अख्तियारमा नक्कली एसपी बरालको हुलिया दिए । अख्तियारमा नारायण बराल नामको एसपी कार्यरत नरहेको जानकारी पाएपछि प्रहरीलाई खबर गरी उनलाई पक्राउ गरियो । उनी नक्कली एसपी भएको भेद खुल्यो । पक्राउ परे पनि उनका बिरुद्ध उजुरी गर्ने कुनै पनि कर्मचारी जाननसक्ने बुझेका उनले अख्तियारका कर्मचारीलाई चुनौती दिंदै प्रमाण पेश गर्न चुनौती दिए ।

कर्मचारीले घुस दिएको गुनासो गर्न गए कारबाहीमा पर्ने बुझेका उनले अख्तियारमा छात्ती फुलाएर आफूले कसैलाई नठगेको दाबी गर्दै ‘यो देशमा विप्लवको आवश्यकता छ’ सम्म भन्न पछि परेनन् । उनले चावहिल, डिल्लीबजार र ललितपुर नापीका जग्गा विवादमा अख्तियारले छानबिन गरेका कर्मचारीसँग उजुरी मिलाइदिने भनेर ५ लाखदेखि २० लाख रुपैयाासम्म असुली गरेको सूचना समेत अख्तियारमा पुगेको छ । यसरी दैनिक फाँटफाँटमा गएर पैसा असुली पेशा बनाएका बरालले काठमाडौंमा ३ वटा घर र विभिन्न ठाउँमा जग्गा खरिद गरेको सूचना पनि अख्तियारमा पुगेको छ । तर अख्तियारले प्रमाण अभावमा बरालबिरुद्ध मुद्दा चलाउने अवस्था नभएपछि ठगीमा कारबाही गर्न प्रहरीमा पठायो । प्रहरीमा पठाएपछि बराललेअदालतमा सेटिङ गरी छुटिसकेका छन् । उनका बिरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले भने छानबिन गर्नसक्छ ।

अख्तियारमा कार्यरत हुँ भनी असईदेखि ठगीयात्रा सुरु गरेका बराललाई ललितपुर मालपोत कार्यालयका प्रमुख भीमकान्त पौडेलले त नमस्कार एसपी साब, अख्तियारमा मिलाउनुहोला है भन्ने गरेका थिए । नापी विभागका पूर्वमहानिर्देशक नागेन्द्र झाले पनि उनले पदमा हुँदा नमस्कार मात्र गर्थेनन्, विभिन्न नापी कार्यालयमा ‘अख्तियारको एसपी साब आउनुहुन्छ, यति सहयोग गर्नुहोला भनी रकम नै तोकेर सिफारिस गरी विभिन्न कार्यालयमा पठाउने गर्थे, नापी विभागका एक उपसचिवले भने–‘झा महानिर्देशक हुँदा बाक्लै आउँथ्यो, एसपी होला भनेको त ठग पो रहेछ ।’

प्रतिक्रिया दिनुहोस्