Logo
Logo

एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने पुनः नियुक्त


189
Shares

काठमाडौं । एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने पुनः नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैंठकले मंसिर १५ देखि लागू हुने गरी हालका प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई थप चारवर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।

न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए । सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकको नेतृत्व सम्हालेपछि छोटो अवधिमा नै बैंकले विविध सूचकांकमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेको थियो । उनको कार्यक्षमताको मूल्यांकनपछि बैंक सञ्चालक समितिले ०७५ मंसिर १६ मा उनलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

३८ वर्षको उमेरमा नै वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त भएपछि उनी देशकै सबैभन्दा ‘कान्छो सिइओ’को रूपमा समेत चिनिएका थिए । हाल ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करिअरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकिङ क्षेत्रमा उदीयमान भएको बैंकले जनाएको छ ।

न्यौपाने सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त हुँदा आव २०७३/७४ मा यसको वासलात एक खर्व एक अर्ब रुपैयाँ रहेकोमा उनले आप्mनो कार्यकालमा चार गुणाले बढाएको बैंकले जनाएको छ ।

उनले वासलातको आकार गत आवमा तीन खर्ब ५८ अर्ब रुपैयाँ पु¥याएको जनाइएको छ । न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछि आफ्नो प्रथम कार्यकाल पूर्ण रूपमा सफल रहँदै बैंकलाई अग्रणी स्थानमा पु¥याएको सञ्चालक समितिले ठहर गरेको छ ।

न्यौपानेकै कारण चालू आव २०७९÷०८० को प्रथम त्रैमासमा खुद नाफा, ग्राहक संख्या, स्वपुँजीमा प्रतिफल, प्रतिसेयर आम्दानी, शाखा कार्यालय, एटिएम, विस्तारित काउन्टरलगायतका सूचकमा पहिलो स्थान हासिल गर्न सफल भएको बैंकले जनाएको छ ।

बैंकले चालू आवको पहिलो त्रैमासमा खुद मुनाफातर्फ एक अर्ब ७५ करोड रुपैयाँ आर्जन गर्दै सबैभन्दा धेरै खुद मुनाफा आर्जन गर्ने वाणिज्य बैंक बन्न सफल भएको बैंकको दाबी छ । यो मुनाफा वार्षिक बिन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो । त्यसैगरी स्वपुँजीमा प्रतिफल २६.५५ प्रतिशत र वार्षिक प्रतिसेयर आम्दानी ५९.६२ रुपैयाँ आर्जन गर्न बैंक सफल भएको जनाइएको छ ।

न्यौपाने बैंकलाई नयाँ उचाइमा पु¥याउनुका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतिष्ठित अवार्ड र सम्मानबाट सम्मानित भएका छन् । उनले बैंकिङ क्षेत्रमा गरेका विशेष योगदानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवा श्री चतुर्थबाट विभूषित भएका थिए ।

त्यस्तै, देशभरका सिइओहरूको संस्था म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले प्रदान गर्ने ‘म्यानेजर अफ दी इयर २०२२’ र ‘कर्पोरेट बिजनेस अवार्ड २०२१’ मा ‘कर्पोरेट सिइओ अफ दी इयर, ०७८’ बाट समेत सम्मानित भएका थिए । बेलायतको ग्लोबल बिजनेस आउटलुकले प्रदान गर्ने अन्तर्राष्ट्रियस्तरको ‘बैंकिङ सिइओ अफ दी इयर २०२१’ बाट समेत उनी सम्मानित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्