Logo
Logo
कला

‘मिस नेवाः हुन सौन्दर्यता आवश्यक छैन’



काठमाडौं डल्लूकी कृषा महर्जन अन्य सुन्दरीभन्दा फरकमत राख्छिन् । ‘मिस नेवाः ११४१’की विजेता कृषा सामाजिक कार्यमार्फत देशलाई चिनाउन चाहन्छिन् ।

‘मिस नेवाः’ उपाधि जितेसँगै शोसलवर्क र इभेन्ट मेनेजमेन्टमा व्यस्त रहेकी कृषा ‘फुड टेक्नोलोजी’की विद्यार्थी हुन् । यो विषय नेपालमा भर्खरै भित्रिएको हो । पुरानो बानेश्वरस्थित गोल्डेन गेट कलेजमा अध्ययनरत २३ वर्षीया कृषा भन्छिन्, ‘भविष्यमा खाद्यसम्बन्धी पनि काम गर्ने सोच छ ।’

‘मिस नेवाः’लाई सौन्दर्य प्रतियोगिताको रुपमा लिन नहुने उनको तर्क छ । उनी भन्छिन्, ‘मिस नेवाः भनेको भाषा, कला, संस्कृति र प्रतिभासँग जोडिएको इभेन्ट हो, त्यसैले मिस नेवाः हुनुलाई सुन्दर हुन आवश्यक छैन ।’ नेप्लिज फेसन होममा ‘इभेन्ट को–अडिनेटर चिफ’का रुपमा काम गर्दै आएकी कृषा महर्जनसँग दृष्टिको जम्काभेट :

‘मिस नेवाः’ उपाधि जितेपछि आफूमा के परिवर्तन पाउनुभयो ?
धेरै परिवर्तन पाएकी छु । विशेषगरी, मिस नेवा कल्चरल इभेन्ट भएकाले नेवारी कला, संस्कृति र भेषाभूषाका विषयमा जान्ने अवसर पाएँँ । साथै, मिस नेवाः भएपछि आत्मविकास र व्यक्तित्व विकासमा चेन्जेज पाएकी छु ।

‘मिस नेवाः’मा के सोचेर पार्टिसिपेन्ट हुनुभएको थियो ?
सन् २००९ मै पनि म ‘मिस लिटिल नेवाः’मा सहभागी भएकी थिएँ । त्यो बेला चाहिँ मेरो बुबाआमाले छोरी ट्यालेन्ट होस् भनेर पार्टिसिपेन्ट गराउनुभएको थियो । ‘मिस नेवाः ११४१’मा चाहिँ कलेजको थ्रोबाट पार्टिसिपेन्ट भएकी हुँ । मलाई सानैदेखि कल्चरल पेजेन्टहरुमा सहभागी हुने इच्छा पनि थियो । नेवारी कल्चरबारे जान्न म उत्सुक थिएँ । त्यसैले मिस निवाः जस्तो कल्चरल पेजेन्टमा सहभागी भएकी हुँ ।

मिस लिटिल नेवाःमा सहभागी भएपछि बुबाआमाले भनेजस्तै ट्यालेन्ट हुनुभयो त ?
अवश्य पनि । मिस लिटिल नेवामा सहभागी हुनअघिसम्म म एकदमै कम बोल्थेँ । मानिसका अगाडि बोल्नै लजाउँथेँ र डर लाग्थ्यो । घरमा पनि नेपाली भाषामात्र बोल्थेँ । तर, मिस लिटिल नेवामा सभाभागी भएपछि ममा कन्फिडेन्ट बढ्यो । नेवारी भाषा पनि बोल्न सिकेँ । त्यसपछि नै मैले नेवारी भाषा, भेषभूषा र कल्चरबारे अझ बढी जान्ने उत्सुकता जाग्न थाल्यो । मलाई नेवारी कल्चरमात्र नभएर नेपालमा बसोबास गर्ने सबै जातजाती र समुदायको कल्चर बुझ्ने इच्छा छ ।

‘मिस नेवाः’ भएपछि उदारहणीय काम के गर्नुभयो ?
मैले सामाजिक कार्यहरुलाइ बढी प्राथमिकता दिँदै आएकी छु किनकि मिस नेवाको क्राइट एरिया पनि शोसलवर्क नै हो । यसअघिका जति पनि मिस नेवाः विनरहरु छन् । उहाँहरुले पनि शोसलवर्क नै गर्दै आएका छन् । मैले शिक्षा र स्वास्थ्य क्षेत्रलाई फोकस दिएर काम गर्दै आएकी छु ।

सामाजिक सेवा भन्नाले कुन क्षेत्रलाई फोकस गर्नुभएको छ ?
स्वास्थ्य र शिक्षालाई फोकस गरेका छौँ । हाम्रो सोलोगन नै ‘आँखामा’ भन्ने छ । यही नाराअन्र्तत बृद्धबृद्धा र बालबालिकालाई निःशुल्क आँखाको चेकजाँच र अप्रेशनको गर्दै आएका छौँ । त्यसका लागि नेपाल आँखा अस्पताल टेकुसँग सहकार्य गरेका छौँ ।

‘मिस नेवाः’लाई सौन्दर्यसँग पनि जोडिन्छ । तपाइँलाई मोडलिङ र अभिनयमा रुची छ कि छैन ?
सौन्दर्यसँग जाडिएपनि मिस नेवाः सौन्दर्य प्रतियोगिता भने होइन । मिस नेवाः एउटा विशुद्ध कल्चरल इभेन्ट हो । त्यसो भनेर सौन्दर्य नै चाहिँदैन भन्ने होइन । हरेक कुरामा सौन्दर्य हुन्छ । तर, मिस नेवाः नेवारी संस्कृतिको प्रवद्र्धन र सम्बद्र्धन गर्ने उद्देश्यले सुरु गरिएको हो । त्यसैले क्राइट एरियाभन्दा बाहिर जाँदैन । मोडलिङ वा फिल्ममा काम गर्दा पनि म क्राइट एरिया नै हेर्छु ।

नेवारी भिडियो र फिल्ममा चाहिँ काम गर्ने सोच हो ?
नेवारी मात्र होइन । सबै जातजाती र समुदायको भाषा, संस्कृति र रहनसहन समेट्ने म्युजिक भिडियो होस् वा फिल्ममा काम गर्न तयार छु । नेपालमा बसोबास गर्ने सबै वर्ग र जातजातीको कला, संस्कृति मेरो क्राइट एरियाभित्रै पर्छ ।

‘मिस नेवाःमा सहभागी हुनलाई सुन्दरता आवश्यक छ कि छैन ?
सुन्दर खाशै चाहिँदैन । जो ट्यालेन्ट छ, उसले मिस नेवामा पार्टिसिपेन्ट गर्न सक्छ । विशेषगरी नेवारी कल्चरलाई नजिकबाट बुझ्न चाहनेका लागि हो यो प्रतियोगिता ।

कला, संस्कृतिमै बढी जोड दिँदै आउनुभएको छ । वर्तमान संस्कृतिमन्त्रीको नाम थाहा छ ?
थाहा छ, जीवनराम श्रेष्ठ । उहाँ मेरो छिमेकी पनि हुनुहुन्छ । उहाँसँग भेटघाट र कुराकानी पनि गरेकी छु ।

हिजोआज के गर्दैै हुनुहुन्छ ?
शोसलवर्कबाहेक पढाइलाई समय दिँदै आएकी छु । गोल्डेन गेटमा फुड टेक्नोलोजी विषय लिएर पढ्दैछु । यो विषय नेपालमा अहिलेसम्म नौलो छ । खाद्यसम्बन्धी पनि काम गर्ने इच्छा भएकाले मैले यो विषय रोजेकी हुँ ।

देशको राजनीतिबारे कति थाहा छ ?
मलाई राजनीतिबारे त्यति थाहा छैन । भर्खरै बुझ्दैछु । तर, राजनीति नगरे पनि यसबारे ज्ञानचाहिँ हुनुपर्ने रहेछ भन्ने मलाई लाग्छ ।

तपाइँको भविष्यको लक्ष्यचाहिँ के हो ?
भाषा, संस्कृति र सामाजिक क्षेत्रमा काम गरेर देशलाई चिलाउने मेरो लक्ष्य र उद्देश्य हो । हेदैँ जाउ, कहाँसम्म सोचेको पुग्छ ।

प्रतिक्रिया दिनुहोस्