Logo
Logo

इलाम मतगणना अपडेट: डम्बर खड्कालाई रोक्दै सुहाङले लिए अग्रता



इलाम । इलाम-२ को शनिबार भएको उपचुनावको मतगणना जारी छ ।

फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिँदा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।

उनले ३ सय ४५ मतको अग्रता बनाएका हुन् । सो गाउँपालिकाको १, २ र ३ वडामा उनी नेपाली कांग्रेसका डम्बर खड्काभन्दा पछि थिए । तर, ४ नम्बरको मतगणना सकिँदा एमालेले अग्रता लिएको छ ।

वडा नम्बर ४ को समेत गणना सकिँदा एमालेको २, ५४२ मत पाएको छ भने कांग्रेसको २१९७ मत छ । त्यस्तै स्वतन्त्र उम्मेदवार डाकेन्द्र थेगिमले ५९३ र रास्वपाका मिलन लिम्बुले ३७९ मत पाएका छन् ।

अहिले फाकफोकथुमनको वडा नम्बर ५ को मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्