Logo
Logo

बझाङ अपडेट: एमालेको अग्रता कायमै, कांग्रेसलाई माओवादीले उछिन्यो



काठमाडौं । बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को म​तगणना चलिरहेको छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसलाई उछिँन्दै माओवादी अघि बढेको छ ।

सार्वजनिक मत परिणामअनुसार एमालेका उम्मेदवार दमन भण्डारीले १८०६ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले १२७४ र कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ११२८ मत ल्याएका छन् । एकीकृत समाजवादीका दिलबहादुर सिंहले ७२१ मत पाएका छन् ।

त्यसैगरी राप्रापाका उम्मेदवारले २४ मत पाउँदा ७७ मत बदर भएका छन् । बझाङमा अहिलेसम्म ३ हजार ४७१ मत गणना भएको छ।

शनिबार सम्पन्न उपनिर्वाचनको मत गणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्