Logo
Logo

‘स्थानीय तहमा पार्टी एकीकरण छिट्टै’


- दृष्टि न्युज/संवाददाता


अत्तरिया, ११ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रदेशका सबै स्थानीय तहमा छिट्टै पार्टी विस्तार गरिने बताएका छन् ।
नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले गाउँ÷नगर तथा जिल्लाका जनवर्गीय संगठन एकीकरणकार्यलाई तीव्रता दिइने बताए । उनले केन्द्र, जिल्ला र प्रदेशमा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको बताउँदै अब प्रदेशका सबै स्थानीय तह र जनवर्गीय संगठन एकीकरणको कामलाई छिट्टै अघि बढाइने बताए ।
गाउँ÷नगर कमिटी एकीकरणपश्चात पार्टी सुदृढ हुने उनको भनाइ थियो । गाउँपालिका र नगरपालिकामा पार्टी एकीकरण गरी स्थानीय तहमा भइरहेका विकास निर्माणका काम प्रभावकारी हुने नेता रावलले बताए । त्यस्तै, उनले टिकापुरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको अभिव्यक्ति सामाजिक सद्भाव बिगार्ने खालको भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्